काठमाडाैं। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । लिगको पाचौँ चरणअन्तर्गत आज हुने पहिलो खेलमा च्यासल युथ क्लबले सङ्कटा युथ क्लब र मनाङ-मस्र्याङ्दी क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै खेल हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । च्यासल चार खेलमा एक जित, दुई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Pc6Hwk
काठमाडाैं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिताको टप २० मा नेपालकी श्रृङ्खला खतिवडा छानिएकी छिन्। शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । उनले आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र […]
काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि विभिन्न जिल्लामा छनोट प्रतियोगिता आजदेखि शुरु भएको छ । जुम्ला, भोजपुर, सल्यान, सङ्खुवासभा, तेह्रथुम, गुल्मी, स्याङजा, हुम्ला, बाग्लुङ, बर्दिया, डोल्पा, बैतडी, डडेल्धुरालगायतका १४ जिल्लामा छनोट शुरु भएको आठौँ राष्ट्रिय खेलकूद २०७५ तयारी सचिवालयले जनाएको छ । छनोट कार्य मङ्सिर २१ गतेसम्म चल्नेछ । आठौँ […]
काठमाडौं । फिल्म ‘द ब्रेकअप’को दोश्रो गीत सार्वजनिक भएको । पौषको २७ गतेबाट लर्शकमाझ रिलिजमा आउँदे गरेको यो फिल्ममा समावेश गरिएको ‘हरपल’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतको भिडियोलाई अष्ट्रेलियामा छायाङ्कन गरिएको हो । फिल्मको सार्वजनिक गीतमा विराज गौतमको स्वर र संगीत रहेको छ, भने गीतमा प्रकाश मल्लको शब्द छ । गीतको भिडियोमा […]
काठमाडौं । नेपाली रंगमञ्चमा नाट्य मेला, उत्सवहरुको अभाव भइरहदा पनि राज्यस्तरबाट पहल नभएका कारण देशभरका रंगकर्मी जुटेका छन् । अव नेपालमा सक्रिय आठ नाट्य समूहहरुको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५को आयोजना हुने भएको छ । यस ऐतिहासिक महोत्सवको आयोजनाका लागि मण्डला थिएटर नेपालसहित काठमाडौका अन्य सक्रिय नाट्यसंस्था शिल्पी थिएटर, सर्वनाम थिएटर, कथा घेरा, थिएटर […]
काठमाडौं । बिश्व ब्याडमिन्टन महासंघको स्विकृत तथा ब्याडमिन्टन एशियाको कार्यक्रम ‘योनेक्स सनराईज ईन्टरनेशनल सेरिज – २०१८’ मंगलबार देखि काठामाडौंमा आयोजना हुने भएको छ । यो नेपालमा आयोजना भएको लगातार तेश्रो अन्तराष्ट्रिय सिरिज हो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल सहित विभिन्न २० राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सह महासचिव लव भक्त […]
काठमाडौं, १४ मंसिर । विगत तीन दशकदेखि अमेरिकामै रहेर नेपालको तेक्वान्दो खेलको प्रशिक्षणमा सहयोग गर्दै आएका नारायण गुरुङ केही समयको लागि नेपाल फर्केका छन् । कास्कीको स्थानीय बासिन्दा रहेका प्रशिक्षक गुरुङ घरायसी कामको लागि नेपाल फर्केका हुन् । नेपालमै तेक्वान्दो खेलको राम्रो भविष्य रहँदा रहँदै पनि आफूले अमेरिकामा कामको राम्रो अवसर पाएकाले अमेरिका जानुपरेको प्रशिक्षक […]
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम एनआरटी लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । […]
कुमार चौलागाईं काठमाडौँ । तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ । आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउन गठन गरिएको मनिटरिङ कमिटीको दोस्रो बैठक काठमाडाँैमा बस्न लागेको हो । बैठकमा […]
काठमडाैं । मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ। तर मिस वर्ल्डका प्रतिस्पर्धीलाई भोट गर्ने समय आज बेलुकी ५ बजेसबाट सकिँँदैछ । […]
काठमाडौं । विदेशी भूमिमा हजारौं नेपाली चेलीहरू कामदारको रूपमा जाँदा दासी जीवन बिताउन बाध्य छन् । यही वास्तविक घटनालाई गीतको रूपमा उतार्दै ‘नजाउ चेली विदेश’ बोलको गीत सार्वजनिक भएको छ । समाजका घटनालाई शब्दमा तिखो प्रहार गर्ने गीतकार संगीता बायुङ राईको शब्द रचना रहेको ‘नजाउ चेली विदेश’ गीतलाई समाजसेवी तथा गायक, संगीतकार जितेन वान्तावाले स्वर […]
काठमाडौँ । तेन्जु योञ्जन नेपाली चलचित्र क्षेत्रमा कोरियोग्राफरको रुपमा परिचित नाम बन्दै छ । करिव ८० भन्दा बढि गीतहरुमा कोरस नाचि सकेपछि उनी अवार्ड कार्यक्रमहरुमा नाच्ने गर्थे । संयोगबस त्यही क्रममा उनी निर्देशक निमार्ताहरुका आखाँमा पर्न गए । चलचित्र ऐश्वर्यको लोकप्रिय गीत ‘तिमि रोएको पल’को कोरियोग्राफी गरेर उनी एकासी चर्चामा आए । पछिल्लो समय म्युजिक […]
ललितपुर, १३ मङ्सिर : चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाउनुभएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सक्नुभएन । दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उहाँ खुलेरै भन्न थाल्नुभएको छ । उहाँ जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उहाँको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी उहाँ […]
काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत ९७ औँ स्थानमा […]
काठमाडाैँ । भारतले दोश्रो दक्षिण एशियाली यु —२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा उपाधी हात पारेको छ । आज भएको फाईनलमा नेपाललाई ३ — १ ले पराजित गर्दै उक्त उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । भारत अघिल्लो संस्करणको विजेता हो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा भारतले […]
काठमाडौँ । नेपाली चेली बन्दना नेपालले १२६ घण्टा नृत्य गदै बिश्व रेकर्ड कायम गर्न सफल भएकी छन । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भएको उनको नृत्य आज दिउँसो ३ बजे सकिएको हो । मंसिर ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य मंसिर १२गते दिउँसो ३ बजे टुङगिएको थियो । विभिन्न कष्ट र कठिनाइका बाबजुत पनि […]
उर्लाबारी । मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको आज मृत्यु भएको छ । बुधबार साँझ नवलकिशोर चौधरीको तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको […]
काठमाडाैं । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित फिल्म ‘प्रसाद’लाई युरोपियन मुलुकहरुमा उच्च माग भएको निर्माण टिमले जनाएको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’को ट्रेलरमा बजेको ‘लै ल’ ‘बोलको गीत र यसमा देखाइएको कथालाई लिएर दर्शकहरु फिल्म हेर्न उत्सुक भएको बुझिएको छ ।फिल्म ‘प्रसाद’को विशेषगरि अहिले युरोपियन मुलुकहरुमा हाई […]
राजविराज । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिनुभयो । खड्ग नगरपालिका–७ स्थित कल्याणपुरको […]
एजेन्सी, १३ मंसिर । अभिनेत्री रेखाको सुन्दरताको चर्चा अझैंपनि उत्तिकै छ । कुनै जमानामा रेखाको बलिउडमा अभिनय र सुन्दरताको चर्चा जति गरिन्थ्यो, अहिले पनि उत्तिकै गर्ने गरिन्छ । कयौं सुपरहिट फिल्म दिइसकेकी रेखाले आफू स्वस्थ्य र सुन्दर रहनका लागि मुख्यतय खानपानमै ध्यान दिने गरेकी छन् । जसको कारण अझैं पनि रेखाको सुन्दरताको चर्चा उत्तिकै हुने […]
दीपक भट्ट, रामेछाप–१३ मंसिर । जिल्लाकै अहिलेसम्मको ठूलो धनराशी पुरस्कार भएको वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता सदरमुकाम मन्थलीमा संचालन हुने भएको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको आयोजनामा आगामी मंसिर २५ गते देखि २९ गतेसम्म संचालन हुने दोश्रो वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला […]
भीमदत्तनगर । खेल जीवनका क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका कबड्डी खेलाडी विष्णुदत्त भट्टले ११औँ पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नुभयो । नेपालले हालसम्मको उक्त खेलको इतिहासमा एशियन, साफ र साफ च्याम्पियनसिपमा गरी १५ पटकसम्म अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाइसकेको छ । विसं २०४२ मा कबड्डी खेलमा प्रवेश गर्नुभएका भट्ट विसं २०६० पछि कञ्चनपुर जिल्ला खेलकूद विकास […]
काठमाडौँ । नेपाल र भारत यहाँ जारी दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा फाइनल प्रवेश गरेका छन् । नेपालले सेमिफाइनलमा बङ्गलादेशविरुद्ध ३–० को जीत निकाल्दै उपाधि नजीक पुगेको हो । नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बङ्गलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे । यस्तै महिलातर्फ रशिला महर्जनले बङ्गलादेशकी फारविन विन्ते इमडाडलाई […]
काठमाडौँ । ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्सिर २३ गतेदेखि शुरु हुनेछ । हाँडीगाउँस्थित धन्नाेन्तरी फुटसल मैदानमा प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगितामा ६० देखि ७५ कलेजको खेलाडीको सहभागी हुने आयोजकले […]
काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ललितपुर प्याट्रियसले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलननमा क्लबले राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका मल्लको नेतृत्वमा तीन भारतीय खेलाडीसहित १८ जनाको नाम सार्वजनिक गरेको छ । घोषित टोलीमा कप्तान […]
काठमाडौँ । प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ । भद्रकालीस्थित आर्मी मुख्यालयको मैदानमा भएको फाईनल खेलमा त्रिभुवन आर्मीलाई पेनाल्टीमा चार दुई गोलले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित र अतिरिक्त समय सम्म जित–हारको टुगो नलाग्दा निणर्य टाईब्रेकरबाट लिएको हो । एपीएफका लागि खेलको ३५ औं मिनेटमा अनिता बस्नेतले […]
काठमाडौं, १२ मंसिर । १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले विश्व कीर्तिमान कायम गरेकी छन् । भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दनाले नयाँ कीर्तिमान कायम गरेकी हुन् । बन्दनाले मंसिर ७ गतेबाट आज दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ सय २६ घण्टाको कीर्तिमान बनाएकी हुन् । यसअघि, हेमथलाले १ सय […]
काठमाडौँ । सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, […]
काठमाडौं । गायक जी.एम. राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राईको ‘माया तिमी’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको हो । गायक राईको यो पहिलो गीत हो । टिका बम्जनको शब्द तथा संगीतमा गीतलाई पवन लामाले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका छन् । अर्जुन तिवारी र टिमको […]
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा […]
भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ । उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड ट्वीट गरेका छन् । कपिल अाफ्नी निकै अघिदेखिकी प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन् । कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए। गिन्नीले इन्स्टाग्राममा कपिलले अाफ्नाे निकै नै केयर गर्ने र अाफ्नाे लागि उनीजस्ताे अरू काेहि […]
काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएका खेलमा हिमालयन शेर्पा तीन खेलबाट सात अङ्कसहित अङ्क तालीकाको पाँचौ स्थानमा छ […]
एजेन्सी । यूईएफए च्याम्पियन्स लिगकाे शीर्षस्थानमा रियल म्याड्रिड पुगेकाे छ । मंगलबार भएको समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २-० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लिएकाे हाे । पहिलो हाफमा बारबरी गाेलरहित खेलेकाे खेलमा दाेस्राे हाफमा म्याड्रिड दुर्इ गाेल गर्न सफल भयाे । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो […]
धादिङ। मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता- सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने […]
काठमाडौं । १० औं संस्करणको ग्लोब सकर अवार्डअन्तर्गत उत्कृष्ट खेलाडीको मनोननय सार्वजनिक भएको छ । उत्कृष्ट खेलाडीमा पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो, रूसमा भएकाे विश्वकपबाट चर्चामा अाएका विश्वकप विजेता फ्रान्सको केलियन एमबाप्पे र फ्रान्सको टोलीमा रहेका एन्टोइन ग्रिजम्यान मनोनयमा परेका हुन् । रोनाल्डो सकर अवार्डमा ८ पटक मनोनयनमा परिसकेका छन् । उनले चार पटक यो अवार्ड जितेका छन् । पछिल्लो दुईपटक लगातार […]